राष्ट्रिय सौन्दर्य युनियनकर्मी नेपालको ११औँ स्थापना दिवस तथा होलि मिलन कार्यक्रम सम्पन्न

नेपालगंज,चैत्र,७-

प्रदेश नं ५ अन्तर्गत बाँकेको नेपालगन्जमा राष्ट्रिय सौर्न्दर्यकर्मी युनियन     नेपालको ११ औँ स्थापना दिवस तथा होलि मिलन कार्यक्रम अाज सम्पन्न भएको छ ।नेपालगन्जको सेतु बि-क- चोकमा रहेको गुड न्यु अाई-टि-सी- ट्रेनिङ सेन्टर एण्ड ब्युटिपार्लरमा भएको   स्थापना दिवसमा थुप्रै सौन्दर्यकर्मी र अन्य ट्रेड युनियनका नेताहरुको उपस्थिति रहेको थियोे ।

उक्त कार्यक्रमको अध्यक्षतामा नेपालगन्ज उपमहानगरपालिका जिफन्ट अन्तर्गतको सौर्न्दर्यकर्मी युनियनकी अध्यक्ष गिता भण्डारी , प्रमुख अतिथिमा जिफन्ट युनियन सञ्जालका नेता केशब गिरी, अतिथिहरुमा जिफन्ट अन्तर्गत अो-एच-एस- कमिटीको केन्द्रीय सदस्य सुमन गिरी, जिफन्ट युवा कमिटी केन्द्रीय सदस्य शर्मिला थापा, प्रदेश नं ५ कि राष्ट्रिय सौर्न्दर्यकर्मी युनियन नेपाल कि अध्यक्ष सुनिता अार-सी- , प्रदेश कमिटी सहसचिव अप्सरा खरेल, बाँके पूर्व जिल्ला अध्यक्ष लक्ष्मी चौधरी , कोहलपुर नगर कमिटी सौर्न्दर्य कर्मी अध्यक्ष बिसपति चौधरी , खजुरा गाउँ पालिका सौन्दर्य कर्मी अध्यक्ष सुमित्रा पाण्डे लगायतका रहेका थिए ।

उक्त कार्यक्रममा केक काटेर   स्थापना दिवस मनाउनुका साथै होलि मिलन कार्यक्रममा एकअापसमा अविर लगाएर शुभकामना अादान प्रदान गरिएको थियोे । कार्यक्रममा अध्यक्ष गिता भण्डारीले समयको बाबजुद कार्यक्रममा उपस्थित भएकोमा सबैलाई धन्यवाद दिएकी थिईन । उक्त कार्यक्रम सञ्चालन राष्ट्रिय सौर्न्दर्य कर्मी नेपालकी केन्द्रीय सदस्य निमर्ला मल्लले गरेकी थिईन् ।