बाँकेको बघौडामा आज घुम्ती शिविर संञ्चालन हुने

बाँके,फागुन २४
सरकाराी सेवाबाट प्रभावकारी रुपमा सेवा पुग्न नसेको बाँकेको विकट मानिने बघौंडामा आज एकीकृत घुम्ती शिविर संचालन हुने भएको छ ।सरकारी कार्यालयबाट प्राप्त हुने सेवालाई दुर दजाका ठाँउहरुमा पुर्याएर जनतालाई सरकारी सेवाको अनुभुती गराउने उद्देश्यले लक्ष्मणपुरमा एकीकृत घुम्ती शिविर संञ्चालनमा ल्याउन लागिएको हो ।

स्थानीय स्तरका जनतालाई बढिभन्दा बढि सेवालाई सहज बनाउन जिल्लाका सबै कार्यालयबाट प्रदान हुने सेवाहरु शिविरमार्फत प्रदान गरिने जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत खगेन्द्र पौडेलले जानकारी दिनुभयो ।

आज बिहान ९ बजेबाट शुरु हुने शिविरमा नागरिकता,कृषि,भेटनरी,माटो,परिक्षण,खानेपानी,स्वास्थ्य ,जाँच,जेष्ठ नागरिकलाई परिचय पत्र लगायतका सेवाहरु प्रदान गरिने उहाँले बताउनुभयो ।