नेपालगंजमा आजबाट होली महोत्सव संचालन हुदै

बाँके,फागुन २४-
आज देखी नेपालगंजमा होली महोत्सव तथा व्यापार मेला २०७३ संचालन हुदैछ । सोमबार आयोजकले पत्रकार सम्मेलन गर्दै महोत्सवको पुर्ण रुपमा तयारी भएको जनाएको थियो ।महिला उद्यमी संघ बाँकेको आयोजनामा आज देखि शुरु भएको होली महोत्सव फागुन २८ गते सम्म चल्नेछ ।

होली पर्वको माध्यमबाट सामाजीक सद्भावको सन्देश फैलाउनुका साथै ग्रामीण क्षेत्रका उद्यमी महिलाहरुलाई संगठित उनीहरुको उद्यमीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा निर्यातमुखि बनाउने उद्देश्यले महोत्सव संचालन गर्न लागिएको संघकी अध्यक्ष अन्जु गुरुङले जानकारी दिनुयो ।

२०७२ सालमा तीन दिने मेलाको रुपमा पहिलो पटक आयोजना गरिएको महोत्सवले यो वर्ष पनि निरन्तरता दिएको घरेलु उत्पादनलाई बढी प्राथमीकता दिईने आयोजकले जनाएको छ । मेलामा ३५ वटा स्टल तथा बाँके र बर्दियाका महिला उद्यमीहरुको उपस्थिती रहने छ । मेलामा च्याउ,आलु,बेसार,सेल रोटी,विभिन्न घरेलु हस्तकला लगायत उद्यमीद्धारा उत्पादित बस्तु राखिने जनाएको छ ।