आजको राशिफल ।। कार्तिक १६ गते बुधवार

काठमाडौं,कार्तिक,१६-आज विक्रम संवत २०७९ साल कार्तिक महिनाको १६ गते बुधवार, (नोभेम्वर २ तारिख) कार्तिक शुक्ल नवमी तिथी ।आज कुष्माण्ड नवमी व्रत पनि रहेको छ ।

आज कार्तिक १६ गते बुधवारको राशीफल !!

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशि हुनेहरुका लागि आजको दिन नयाँ कार्यको थालनी होला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । भूमिबाट लाभ पनि रहला ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका हुनेहरुका लागि आजको दिन आफन्तसँग भेटघाट रहनेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । शुभ कार्यको योजना बन्नेछ । नयाँ र शुभ समाचार पनि सुन्न पाइएला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथुन राशि हुनेहरुका लागि भने आजको दिन शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । पुँजी बजार भने ठिकै रहला । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनसक्छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशि हुनेहरुका लागि आजको दिन शुभकार्यको चर्चा चल्नेछ । वैदेशिक संस्थाबाट सहयोग पाइनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशि हुनेहरुका लागि आजको दिन शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । घरमा अतिथिको सेवा होला । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशि हुनेहरुका लागी आजको दिन श्रमको उचित मल्याङ्कन हुनेछ । पठनपाठनमा प्रगति हुनेछ । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तुला राशि हुनेहरुका लागी भने आजको दिन मन परेको मानिससँग टाडिनु पर्दा मनमा छटपटी र अशान्ति छाउनेछ । यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

वृश्चिक राशि हुनेहरुका लागि आजको दिन नयाँ काम वा रोजगार पाइनेछ । इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । चलाखीपूर्ण बोलीले कार्य सफल हुनसक्छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

धनु राशि हुनेहरुका लागि आजको दिन कार्यमा सफलता पाइनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशि हुनेहरुले भने आजको दिन धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । मिष्ठान्न भोजन प्राप्ति होला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशि हुनेहरुका लागि आजको दिन आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

मीन राशि हुनेहरुका लागि आजको दिन वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । शेयर बजारबाट लाभ मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् ।

यो त भयो आजको तपाईको राशिफल,तपाईको राशिफलमा जे जस्तो लेखिईएको भएता पनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोस्,सधैंव सकरात्मक सोच्नुहोस्, सतकर्म गर्नुहोस्,आजको तपाईंको दिन शुभ रहोस् ।साभार हाम्रो पात्रो-ज्यो.प. नारायणप्रसाद दुलाल