‘लद्दाखमा गोली चलेको होइन, मुक्कामुक्कीमै ३ भारतीय शैनिकको मृत्यु’

काठमाण्डौं,असार,२-लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच भएको झडपका क्रममा गोली नचलेको भारतीय सेनाका एक अधिकारीले बताएका छन्।

फाईल : तस्विर

‘गोली चलेको थिएन। हतियारको प्रयोग भएन। हातैले हानाहान भयो,’ समाचार एजेन्सी एएफपीले एक भारतीय अधिकारीको भनाइ उधृत गरेको छ।

यसअघि भारतीय सेनाले आफ्ना तीन सैनिक झडपमा मारिएको बताएको थियो। मारिनेमा एउटा बटालियनको नेतृत्व गरिरहेका कर्णेल समेत रहेको खुलेको छ।

लगत्तै चीनले पनि सो घटनाको पुष्टि गरेको छ।चिनियाँ विदेश मन्त्रालययका प्रवक्ता चाओ लिचियानले दुई पटक भारतीय सैनिकले सीमा नाभेर चिनियाँ सैनिकमाथि आक्रमण भएपछि दुवै पक्षबीच गम्भीर झडप भएको बताएका छन्।

दुवै देशले सो क्षेत्रमा हजारौँ सैनिक तैनाथ गरेका छन्।मे ९ मा ढुंगामुढा हुँदा दुवै मुलुकका केही सैनिक घाइते भएका थिए।हाल दुवै पक्षका सैनिक अधिकारीहरु वार्तामा रहेको बताइएको छ।नेपाल खबरबाट एजेन्सी!