जापानमा शक्तिशाली आँधीपछि जनजीवन सामान्य बन्दै

आज शनिबार पनि ६८ आन्तरिक उडानहरू रद्द

फोटो साभार : सामाजीक सञ्जाल गुगलबाट ||

टोकियो,भद्र,१-जापानको राजधानी टोकियो र आसपासका क्षेत्रमा शक्तिशाली आँधीपछि जनजीवन सामान्य बन्दै गएको छ।

शक्तिशाली आँधी टाईफुन आउने भए पछि शुक्रवार जापानका टोकियो र आसपासका क्षेत्रमा कार्यालय र यातायात सेवाहरु थप्प पारिएको थियो।तर ती सबै सेवाहरू आज शनिवार बाट भने सामान्य अवस्थामा नै फर्किएको छ।

टाइफुन अहिले जापानको मुख्य टापुको प्रशान्त तटबाट पूर्व-उत्तरपूर्व सर्दैछ।जापानको मौसम विज्ञान एजेन्सीका अनुसार शनिबार बिहान ९ बजेसम्म आँधी फुकुसिमा प्रिफेक्चरको इवाकी शहरबाट २८० किलोमिटर पूर्वमा थियो।यो २० किलोमिटर प्रतिघण्टाको गतिमा पूर्व-उत्तरपूर्वतर्फ सरिरहेको थियो।

जुन आँधीको केन्द्रिय वायुमण्डलीय चाप ९५० हेक्टोपास्कल रहेको थियो, जसको केन्द्रमा अधिकतम १६२ किलोमिटर प्रतिघण्टाको हावा चलेको थियो र आँधीको गति २१६ किलोमिटर प्रतिघण्टा रहेको थियो।

अधिकारीहरूका अनुसार अझै पनि फुकुशिमा प्रान्तमा पहिरो, बाढी र नदीहरू बग्ने चेतावनी दिएका छन्।

विद्युत् प्राधिकरणका अधिकारीहरुले अधिकांश विद्युत् अवरुद्ध भएको बताएका छन्।उनीहरुका अनुसार जापानको टोकाइदो शिन्कानसेन बुलेट ट्रेनका अपरेटरले शनिबार पहिलो रेलबाट पूर्ण सेवा सुचारु भएको बताएका छन्।

तर हवाई यात्रा भने अझै प्रभावित छ, शनिबार ६८ आन्तरिक उडानहरू रद्द गरिएको अधिकारीहरुले बताएका छन्।