युरोकपको उपाधि स्पेनलाई

टोकियो,जापान,असार,३१-युरोकप २०२४ को उपाधि स्पेनले जितेको छ।फाइनलमा इंग्ल्याण्डलाई २-१ गोलले पराजित गर्दै स्पेन चौथोपल्ट युरापेली च्याम्पियन बनेको हो।

स्पेनका लागि ४७ औं मिनेटमा निको विलियम्स र ८६ औं मिनेटमा ओयारजबालले गोल गरे।ईग्ल्याण्डका लागि ७३ औं मिनेटमा पाल्मरले गोल गरेका थिए।

यसअघि स्पेनले सन् १९६४, २००८ र २०१२ मा युरोकप तथा २०१० मा विश्वकप उपाधि जितेको थियो।

यसपल्ट निकै लयमा खेलेको स्पेनले १२ वर्षअघिको सनसनी फर्काउँदै उपाधि आफ्नो पोल्टामा पार्‍यो।स्पेनले शतप्रतिशत जितसहित युरोकप जित्ने कीर्तिमान पनि बनायो।उसले प्रतियोगितामा उपाधिका दाबेदार मानिएका इटाली, आयोजक जर्मनी, विश्वकपको उपविजेता रहेको फ्रान्स तथा तेस्रो भएको क्रोएसियालाई पराजित गरेको थियो। 

इंग्ल्यान्ड र स्पेन सन् २०१८ पछि पहिलोपटक भिडेका हुन् । यसअघि युरोकपमा स्पेनले इंग्ल्याण्डलाई हराउन सकेको थिएन।आफूमाथि इंग्ल्याण्डको अपराजित यात्रालाई पनि स्पेनले ब्रेक लगाइदै युरोकप जितेको हो।