प्रतिनिधिसभातर्फ २ हजार ४९४, प्रदेशसभातर्फ ३ हजार ४२३ जनाले दिए उम्मेदवारी

काठमाडौं,असोज,२४-प्रतिनिधिसभाको सदस्यका लागि २ हजार ४९४ जनाको उम्मेदवारी परेको छ।

निर्वाचन आयोगका अनुसार आइतवार मध्यरातिसम्म अपडेट भएको विवरणअनुसार प्रतिनिधिसभा सदस्यका लागि २ हजार २६१ जना पुरुष र २३३ जनामहिलाको उम्मेदवारी परेको छ ।

त्यसैगरी प्रदेशसभातर्फ प्रतिनिधिसभाको भन्दा करीब १ हजार धेरै उम्मेदवारी दर्ता भएको छ।आयोगका अनुसारअनुसार प्रदेशसभा सदस्यका लागि ३ हजार ४२३ जनाको उम्मेदवारी परेको छ।

जसमा ३ हजार १२७ जना पुरुष र २९५ जना महिला रहेका छन्। प्रतिनिधिसभाका १६५ ओटा निर्वाचन क्षेत्र र प्रदेश सभाका ३३० निर्वाचन क्षेत्रमा आयतवार एकसाथ उम्मेदवारी दर्ता भएको हो ।

निर्वाचन आयोगका अनुसार असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, असोज २४ र २५ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने र असोज २५ गते अन्तिम नामावली प्रकाशन हुनेछ ।

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सबै तयारी पूरा भएको बताएको छ ।