जापनीज येन २४ वर्षयताकै सस्तो

थप कमजोर भएमा पनि सहन तयार : बैंक अफ जापान

टोकियो,जापान,२४-जापनिज येन २४ वर्षयताकै सस्तो भएको छ। एक डलरको लागि एक सय ४५ जापनिज येन तिनुपर्ने भएको छ।

बैंक अफ जापानले येन थप कमजोर भएमा पनि सहन तयार रहेको धारणा सार्वजनिक गरेसँगै येनमा गिरावट आएको हो।

यही कारण नेपाली मुद्राको तुलनामा येन कमजोर बनिरहेको छ। १० जापनी येन बराबर ९ रुपैयाँ ०८ पैसा तोकिएको छ।त्यस्तै, एक डलरको लागि नेपालीले एक सय ३२ रूपैयाँ पाँच पैसा तिनुपर्ने भएको छ। 

भारतीय मुद्रा कमजोर भएको कारण नेपाली मुद्रा पनि कमजोर भएको हो। भारतीय मुद्रासँग नेपाली मुद्राको स्थिर विनिमय दर (पेग्ड) कायम गरिएको छ।