आजको राशिफल ।। असोज २५ गते मंगलवार

काठमाडौं,असोज,२५-आज विक्रम संवत २०७९ साल असोज महिनाको २५ गते मंगलवार, (अक्टोवर ११ तारिख) कार्तिक कृष्ण द्धितीया तिथी !

आज असोज २५ गते मंगलवारको राशीफल !!

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशि हुनेहरुका लागि आजको दिन मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय पनि रहेको छ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका हुनेहरुका लागि आजको दिन राजनैतिक कार्यमा बाधा आउला । शेयर बजारमा दुबिधा उत्पन्न हुनेछ । स्वास्थ्य बिग्रने भय पनि छ, तर साँझमा धन हात पर्नेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथुन राशि हुनेहरुका लागि भने आजको दिन पार्टी तथा सेमिनारमा सहभागी भइएला । धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । लाभदायक यात्रा रहनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशि हुनेहरुका लागि आजको दिन आँटेको र ताकेको कार्य पुरा होला । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । लाभदायक र सुखद् यात्रा हुने योग पनि छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशि हुनेहरुका लागि आजको दिन नयाँ रोजगारको अवसर मिल्नेछ । प्रयत्न गरे फाइदा लिन सकिनेछ । आफन्त वा बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशि हुनेहरुका लागी आजको दिन आफ्नो अधिकार प्राप्तिको लागी संघर्ष गर्नु पर्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । आर्थिक कारोबारमा विवाद आउनसक्छ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तुला राशि हुनेहरुका लागी भने आजको दिन दैनिक कार्यमा प्रगति हुनेछ । साथीभाइसँग समय बित्नेछ । रमणीय र सुखद् यात्राको योग छन् । आत्मबल र हिम्मत पनि बढ्नेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

वृश्चिक राशि हुनेहरुका लागि आजको दिन रमणीय यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । बौद्धिकताको विकास हुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

धनु राशि हुनेहरुका लागि आजको दिन मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । पारिवारिक सहयोग मिल्ला । पुँजी बजारबाट धन लाभ हुनेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशि हुनेहरुले भने आजको दिन आलस्य तथा थकानको अनुभूति हुनेछ । प्रेममा बाधा पनि हुनसक्छ, तर वैदेशिक कार्य अघि बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशि हुनेहरुका लागि आजको दिन जोशजाँगर र उमंग बढ्ला । चिताएको कामले तीव्रता लिनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । आर्थिक कारोबारमा सफलता पाइएला ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

मीन राशि हुनेहरुका लागि आजको दिन ठीक समयमा सही निर्णय लिन सकिनेछ । पारिवारिक सहयोग मिल्ला । कला र गलाको प्रभाव बढ्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

यो त भयो आजको तपाईको राशिफल,तपाईको राशिफलमा जे जस्तो लेखिईएको भएता पनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोस्,सधैंव सकरात्मक सोच्नुहोस्, सतकर्म गर्नुहोस्,आजको तपाईंको दिन शुभ रहोस् ।साभार हाम्रो पात्रो-ज्यो.प. नारायणप्रसाद दुलाल