अहिले टस हारेर मलेसियाविरुद्ध बलिङ गर्दै नेपाल

काठमाण्डौं,असार,२८-

मलेसियाविरुद्धको टि-२० शृंखला अन्तर्गतको पहिलो खेलमा नेपाल टस हारेर अहिले बलिङ गर्दैछ। 

मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा जारी खेलमा यो समाचार तयार पार्दा सम्म १६ ओभर सकिदा मलेसियाले ४ विकेट गुमाएर १११ रन बनाएको छ।

मलेसिया वीरनदीप सिंह ४० रनमा खेलिरहेका छन् भने अहमद फैज ७ रन बनाएर उनलाई साथ दिइरहेका छन्। 

त्यसअघि फित्री शेहमानलाई सन्दीप लामिछानेले १२ रनमा आउट गरेका थिए भने साइद अजिजलाई सोमपाल कामीले खाता नै खोल्न नदिई पवेलियन फर्काएका हुन् ।  

सन् २०२० मा अष्ट्रेलियामा हुने आइसीसी टि–२० विश्वकप अन्तर्गत एसिया क्षेत्र छनोटको अन्तिम तयारी स्वरुप नेपालले शनिबार र आइतबार(असार २८ र २९) मलेसियाविरुद्ध दुईवटा खेलको अन्तर्राष्ट्रिय टि–२० शृंखला खेल्नेछ। आइसीसी टि–२० वरियतामा नेपाल ११औं स्थानमा छ भने मलेसिया ३५औं स्थानमा छ।