सरकारी वकिलहरु आजदेखि बहसमा सामेल हुने

काठमाडौ,माघ  १२-उच्च अदालतको न्यायाधीश नियुक्तिप्रति असन्तुष्टि जनाउँदै बहस बहिस्कार गरेका सरकारी वकिलहरु आजदेखि काममा फर्किने भएका छन् ।उच्च अदालतमा ८० जना न्यायाधीश नियुक्त गर्दा सरकारी वकिलबाट जम्मा एकजना मात्रै परेकोमा विरोध जनाउलै सरकारी वकिलले गत आइतबारदेखि सर्वोच्च अदालत लगायत मुलुकभरका अदालतमा बहस बहिष्कार गर्दै आएका थिए ।

न्यायपरिषदले आगामी दिनमा न्यायाधिश नियुक्तिमा सरकारी वकिललाई प्राथमिकता दिने सहमति जनाएपछि आन्दोलन स्थगित गरेर सरकारी वकिलहरु आजबाट बहस पैरवीमा सामेल हुने भएका हुन् ।कानुनमन्त्री अजयशंकर नायक, महान्याधिवक्ता रमनकुमार श्रेष्ठ र सरकारी वकिलबीच भएको भएको छलफलमा न्यायाधीश नियुक्त गर्दा सराकारी वकिललाई प्राथामिकता दिने सहमति भएको थियो ।

सरकारी वकिलहरुले बहस बहिस्कार गरी आन्दोलनमा उत्रिदा सरकारी मुद्धा सुनुवाई प्रभावित बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधिश शुशिला कार्की, कानुनमन्त्री अजयशंकर नायकबीच हिजो छुट्टा छुट्टै वार्ता समेत भएको भियो ।