थप २५० जनामा सङ्क्रमण पुष्टि,नेपालमा सङ्क्रमित सङ्ख्या ४,६१४ पुग्यो

काठमाण्डौं,जेठ,२९-नेपालमा बिहिबार थप २५० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।

सङ्क्रमित भएकाहरु मध्ये २३० जना पुरुष र २० जना महिला रहेको मन्त्रालयले बताएको हो ।यो सँगै बिहीवार बेलुकि सम्म देशभरी सङ्क्रमितको कुल सङ्ख्या ४,६१४ पुगेको छ।

तीमध्ये ८६१ जना निको भएका छन् भने १५ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।सङ्क्रमित व्यक्तिहरू विभिन्न जिल्लाका रहेका छन् ।त्यस्तै कोरोना लाई जितेर निको हुनेको संख्या ८६१ जना पुगेको छ ।