राष्ट्रिय सेवा दल मार्फत बिद्यार्थीलाई तालिम

रमित बि.क.,

बाजुरा,असार,२२-
नेपाली सेनाले बाजुरा जिल्लामा ७२ जना बिद्यार्थीलाई १ सय दिनको स्वयसेवक तालिम दिने भएको छ । समरजित गुल्मले जिल्लाका मालिका उच्च माबि,कन्भर्स एकेडमी र बडिमालिका बोडिङ्ग स्कुलका ७२ जना छात्रा छात्रालाई स्वयसेवक तालिम शुरु गरेको समरजीत गुल्मका गुल्मपति दिवाकर रायमाझीले बताउनुभएको छ ।

कक्षा ८, ९ र १० कक्षाका बिद्यार्थीलाई ७९ दिन संस्थागत तालिम र २१ बार्षिक सामुहिक क्याम्प गर १ सय दिन तालिम दिने बताईएको छ । तालिममा सहभागि बिद्यार्थीलाई अभिभाबक, बिद्यालय र उनीहरुको ईच्छाले छनोट गरेको सेनानी दिवाकर रायमाझिले बताउनुभएको छ । संस्थागत तालिम बाजुरामै गराईने भएको छ ।

शारिरिक तालिम, ड्रिल, सैनिक कला, हाईकिङ्ग, एरोबिक्स,हतियार तालिम तथा फायरिङ्ग साहसिक तालिम दिने भएको छ । त्यस्तै ब्यक्तित्व विकास र सास्कृतिक आदान प्रदान समेत ७९ दिन सम्म दिने भएको छ । बार्षिक सामुहिक तालिम भने बाँके जिल्लाको कोहलपुरमा २१ दिनको हुने भएको छ ।

यसमा नेतृत्व, राष्ट्रियता, टा«फिक सचेतना, चेलिबेटि बेचबिखन, महिला ताथ वालअधिकार र संरक्षणका बारेमा तालिम दिने सेनाले वताएको छ । त्यस्तै प्रकृति तथा वातावरण संरक्षण बिपत ब्यवस्थावपन तथा उद्धार र बिभिन्न अभ्यासहरु सम्बन्धि समेत ज्ञान दिने भएको छ ।

राष्ट्रिय सेवा दलले युवा जनशक्तिको महत्व र आबश्यकतालाई मनन गर्न र युवा वर्गलाई संगठित गर्न र राष्ट्र बिकासको अभियानमा युवा वर्गको सहभागिता गराउने उद्देश्यले यो तालिम सञ्चालन गरिएको सेनानी रायमाझीले बताउनुभयो ।