कास्की पोखरा समाज क्युश्युले शुभकामना कार्यक्रमको आयोजना गर्ने

फुकुओका जापान,पुस,६-
फ़ुकुओकमा गठित कास्की पोखरा समाज क्युश्युले अंग्रेजी नया वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ।फुकुओकामा रहेका सम्पूर्ण नेपालीहरु बीच शुभकामना आदान प्रदान गर्ने उद्देश्यले मनकामना रेस्टुरेन्ट तकमियामा उक्त कार्यक्रम हुने भएको छ।कास्की पोखरा समाजले योजना गरेको उक्त कार्यक्रममा कास्की पोखराको मात्र नभई क्युश्युमा गठित विभिन्न सामाजिक ,राजनैतिक संस्थाका प्रतिनिधिहरुको उपस्थिति हुने आयोजकले बताएको छ।

क्युश्यु क्षेत्रमा कास्की पोखराबासीहरुको चापलाइ मध्यनजर गर्दै २०१७/०७/२९ मा गठित उक्त सस्थाको नेतृत्व सन्तोष थापाले गर्नु भएको छ। उक्त संस्थाले २०१८/०१/०३ को १९ बजे बाट आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सम्पूर्ण क्युश्युबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध अध्यक्ष सन्तोष थापाले गरेका छन् । 

(सम्पर्क : सन्तोष थापा (अध्यक्ष ) ०९०-८२२५-०६९३)