ओखलढुंगाको ठुलाछापमा बाल सञ्जाल गठन

सिर्जना बर्देवा/
ओखलढुंगा,पौष,६-

सिद्घिचरण नगरपालिको ठुलाछापमा सृजनशिल समाज नेपालको सहजिकरणमा आज एक कार्यक्रम गरि बाल सञ्जाल गठन गरिएको छ । वडा अध्यक्ष कुष्ण बहादुर कार्कीको अध्यक्षता १७ सदस्य बाल संजाल गठन गरिएको हो ।

बाल सञ्जालको अध्यक्षमा रबिना कट्वाल, सचिव मदन भट्टराई र अन्य सदस्यहरु छनोट गरिएको छ । कार्यक्रमलाई संवोधन गर्नुहुदैँ वडा अध्यक्ष कार्कीले बालबालिकाको हितका काममा सधैं तत्पर हुने र वडालाई बाल मैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

हाल सम्म सिद्धिचरण नगरपालिकामा ७७ वटा बाल क्लव गठन भएको सृजनशिल समाज नेपालका जिल्ला संयोजक अन्जु दाहालले जानकारी दिनुभयो । सृजनशिल समाज नेपालको सहजिकरणमा १३ वडा सञ्जाल भएको र नगर स्थरिय बाल सञ्जाल यहि ८ र ९ गते गठन गरिने संयोजक अन्जु दाहालले बताउनु भयो ।