काठमाण्डौ,पुस,२५-स्पेनिस सुपर कपको फाइनलमा रियल म्याड्रिडले एट्लेटिको म्याड्रिडलाई २–१ गोल अन्तरले हराउँदै फाइनलमा पुगेको छ ।

साउदी अरेबियाको जेद्दाहमा भएको खेलको ७७ सेकेन्डमै रियलले अग्रता लियो।कप्तान भाल्भेर्देले झन्डै ३० यार्ड गोल गरे।५५औँ मिनेटमा रोड्रिगोले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए।५८औं मिनेटमा एट्लेटिकोका लागि अलेक्जान्डर सोर्लोथले हेडरमार्फत एक गोल फर्काएका थिए।
टोलीले त्यसपछि बराबरी गर्न सकेन।अब पर्सि आइतवार हुने फाइनलमा रियल म्याडिटले बार्सिलोनासँग खेल्नेछ। यसअघि अस्ति बुधवार बार्सिलोनाले अर्को सेमिफाइनलमा एथ्लेटिक क्लबलाई ५-० गोलले हराउँदै फाइनल पुगेको थियो।





