जनजाती महासंघ क्युशुले आयोजना गरेको LIVE CONCERT कार्यक्रम सम्पन्न

फुकुओका जापान,पौष,१८-
नेपाल आदिबासी जनजाती महासंघ क्युशुले डिसेम्बर ३१ तीरिखका दिन फुकुओकामा आयोजना गरेको LIVE CONCERT कार्यक्रम भब्यताका साथ सम्पन्न भयको छ। LIVE CONCERT कार्यक्रममा नेपाल IDOl का चर्चित कलाकार सागर आलेको उपस्थित रहेको थियो ।

कार्यक्रम फुकुओका स्थित तेन्जिङको दाइमियो हलमा भएको थियो । कार्यक्रममा प्रमुख अतिथी संघका सल्लाकार राम कृष्ण श्रेष्ठ रहनु भएको हुनुहुन्थ्यो भने सभापतिमा संघका अध्यक्ष बिष्णु बहादुर तामाङ रहेको कार्यक्रमका संचालक मिलन मगरले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा सागर आलेले पुराना तथा नीकै उत्कृष्ट गीतहरु गाएर दर्शकहरुलाई नीकै नचाएका थिए । सागर आलेको प्रस्तुती हेर्न पुगेका दर्शकले भर रुपमा मनोरन्जन लिदै सागर आले संग सेल्फी लिनको लागि पनि लाइन नै बस्न परेको थियो ।

यस्तै : कार्यक्रममा स्थानिय कलाकारहरु मिरा दर्लामी रेखा घर्ति,माधप सिग्देल, दिलेन्द्र जोशी, बेग राना,ललिता लामा,रिता राना,संगिता पुन,लोप्साङ लामा,सुनिल श्रेष्ठ लगायतले दर्शक लाई भरपुर मनोरन्जन दिएका थिए ।

कार्यक्रमको मुख्य प्रयोजक जोजो रेस्टुरेन्टले  गरेको थियो । यस्तै कार्यक्रमबाट कलाकार र प्रायोजक लाई प्रमाणपत्र पनी वितरण गरिएको थियो । प्रमाण पत्र वितरण प्रमुख अतिथी राम कृष्ण श्रेष्ठले गर्नु भएको थियो । अनौपचारिक कार्यक्रमको संचालन सचिन आचार्यले गरेका थिए ।