त्रिविका ६० वटै आंगिक क्याम्पसमा तालाबन्दी

काठमाडौं,साउन,२६-

आंशिक प्राध्यापकले त्रिभुवन विश्वविद्यालयका ६० वटै आंगिक क्याम्पसमा तालाबन्दी गरेका छन् ।अठार दिनदेखि अनसन बस्दा पनि माग पूरा नभएपछि आंशिक प्राध्यापकले आज त्रिवि अन्तर्गतका सबै क्याम्पसमा तालाबन्दी गरेका हुन् ।

त्रिभुवन विश्वविद्यालयका सबै आंगिक क्याम्पसका प्रमुख, लेखा शाखा र प्रशासन शाखामा तालाबन्दी गरिएको आंगिक प्राध्यापक संघका अध्यक्ष शशीकुमार शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार बिहानैदेखि आंशिक प्राध्यापकले पठनपाठन पनि बहिष्कार गरिएको छ ।

वर्षौदेखि आंशिक रुपमा पढाइरहेका प्राध्यापकलाई करार नियुक्त गर्नुपर्ने लगायत माग राखेर आंशिक प्राध्यापकले १८ दिनदेखि त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय बाहिर रिले अनुसन बसिरहेका छन् ।नेपालवाणीबाट