बिमस्टेक बैठक आजदेखि राजधानीमा सुरु

काठमाडौं,साउन,२६-

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिमस्टेक) को बैठक आजदेखि राजधानीमा सुरु हुँदैछ । बैठकमा भाग लिन सातै सदस्य राष्ट्रका विदेश सचिवलगायत अधिकारी काठमाडौं काठमाडौं आइपुगेका छन् ।

भारत, श्रीलंका, बंगलादेश र भुटानका विदेशमन्त्रीहरू क्रमशः सुष्मा स्वराज, रवि करुणनायके, अबुल हसन महमुद अली र दाम्चो दोर्जी आज काठमाडौं आइपुग्ने छन् । आसियन मुलुकहरू थाइल्यान्ड र म्यान्मारबाट उपविदेशमन्त्रीले पनि बैठकमा सहभागिता जनाउने छन् ।

अघिल्ला बैठकमा पहिचान भएका व्यापार, लगानी, प्रतिआतंकवाद, गरिबी निवारण, यातायात, पर्यटन, सञ्चार, ऊर्जा, कृषि, जनस्वास्थ्य, वातावरण तथा प्राकृतिक विपत्ति र जलवायु परिवर्तनजस्ता एक दर्जनभन्दा बढी विषयमा बैठकमा छलफल हुनेछ ।

तेस्रो शिखर सम्मेलन र यसअघिका मन्त्रीस्तरीय बैठकका निर्णय कार्यान्वयनको समीक्षाका साथै मस्टेकअन्तर्गतका पारस्परिक सहयोगका विषयलाई द्रुत गतिमा कार्यान्वयन गर्नेबारे १५ औं बैठक केन्द्रित हुने जनाइएको छ । बिमस्टेकका निर्णय कार्यान्वयन समीक्षाका लागि अहिले केहिबेरमा परराष्ट्र सचिवस्तरीय बैठक बस्दैछ ।

उक्त बैठक अपराहन सकिनेछ । मन्त्रीस्तरीय बैठक भने दिउँसो सुरु हुनेछ ।बैठकको उद्घाटन बिमस्टेकका अध्यक्षसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुनेछ ।

स्वराजले राजनीतिक भेटघाट गर्ने
भारतीय विदेशमन्त्री सुष्मा स्वराज स्वराजको साथमा विदेश सचिव एस जयशंकर पनि काठमाडौं आउँदै छन् । सचिवस्तरीय बैठकमा भाग लिन नेपालसमेत हेर्ने सचिव प्रीति शरण बुधबारै काठमाडांै आइपुगेकी छन् ।

स्वराजले प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाललगायत नेतासँग राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ । स्रोतका अनुसार उनले मधेसवादी दलका नेतासँग सामूहिक भेटवार्ता गर्ने सम्भावना छ ।

बंगलादेश, भुटान र श्रीलंकाका मन्त्रीहरूले समेत नेपाली नेताहरूसित राजनीतिक भेटवार्ता गर्ने अधिकारीहरूले जनाएका छन् ।नेपाललाणीवाट