१३ औं सागमा नेपालको अग्रता कायमै, स्वर्णपदक संख्या २५ पुग्यो

काठमाडौं,मंसिर,१८-

१३ औं दक्षिण एसियाली खेलकुद सागको पदक तालिकामा नेपालको अग्रता कायमै छ ।आज(बुधबार)कराँतेमा स्वर्ण जितेसँगै नेपालको स्वर्णपदक संख्या २५ पुगेको हो ।

कराँतेमा नेपालले अर्को स्वर्ण पदक जितेको छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँते कुमुतेमा अनुपमा मगरले स्वर्ण पदक जितेकी हुन् ।उनले ६८ केजी तौल समूहको फाइनलमा पाकिस्तानकी नर्गिसलाई ६–३ ले हराउँदै स्वर्ण पदक पक्का गरेकी हुन् ।

नर्गिस इन्डोनेसियामा गत वर्ष भएको एसियाली खेलकुदकी कास्य पदक विजेता हुन् ।उनले अर्की नेपाली खेलाडी रिता कार्कीलाई हराएर कास्य जितेकी थिइन् ।

त्यसअघि अनुपमाले श्रीलंकाकी विजेकुन माथिमोहमदमाथि ७–४ को जितका साथ अन्तिम दुईको यात्रा तय गरेकी थिइन् ।कराँतेमा नेपालको स्वर्ण पदक संख्या १० पुगेको छ । साइक्लिङमा निष्मा श्रेष्ठ स्वर्ण र जमुना थापा रजत पदक जित्न सफल भएका छन् ।त्यसैगरी उसुको थाउलोतर्फ दिपक अधिकारीले स्वर्ण पदक हात पारेका छन् ।ईमेजखबर