अज्ञात समुहद्वारा जननिर्वाचित वडा सदस्य चौधरीको घरमा आगजनी

केपि खनाल क्षेत्र,
लम्की,साउन,४-

कैलालीको लम्की चुहा नगरपालीका वडा नम्बर ३ का जननिर्वाचित वडा सदस्य प्रेम बहादुर चौधरीको घरमा अज्ञात समुहले आगनी गरेको छ ।

चौधरीको घरमा अज्ञात समुहले गयराति करीब ९ बजे बल्चौर स्थीत मुक्त कमैया बस्तीमा रहेको चौधरीको घरमा अज्ञात समुहले आगो लगाएको आशंका गरिएको छ ।

आगलागिमा चौधरीको अन्नपात लगायत भान्साका सामान जलेर नष्ट भएका छन, भने घर पुरै जलेको प्रहरिले जनाएको छ । रातिको समयमा एक्कासि चौधरीको घरमा आगो लागे पछि स्थानियको सहयोगमा स्थानिय, प्रहरीले नियन्त्रणमा लिएको थियो ।

आगलागि बाट मानवीय क्षेति भने कुनै भएको छैन् । चौधरी भरखरै सम्पन्न स्थानिय तह दोस्रो चरणको निर्वाचनमा लम्कीचुहा नगरपालिकाको वडा नम्बर ३ बाट नेपाली काग्रेसबाट निर्बाचित वडा सदस्य हुन् ।

आगो कसरी लाग्यो वा कसैले लगायको हो भन्ने बारे प्रष्ट नखुलेको र अनुसंधान भैरहेको इृलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक धनबहादुर बाहोराले बताउनु भएको छ ।

पिडित चौधरीलाई नेपाल रेडक्रस सोसाईटी बलिया उपशाखाले राहात सामग्री हस्तान्तरण गरिएको छ ।नेपाल रेडक्रस सोसाईटी बलिया उपशाखाका सभापति रंगप्रसाद तिमिल्सैनाका अनुसार नव निर्बाचित वडा अध्यक्ष भक्तबहादुर चालाउनेले पिडितलाई राहात सामग्री हस्तान्तरण गरेका बताइएका छ ।