जनज्योति क्याम्पस गुल्मीले गरायो चुनाव : अध्यक्षमा महेन्द्र कुँवर निर्वाचित

गुल्मी,जेष्ठ ,१६


गुल्मीको मदाने गाउँ पालिकामा रहेको जनज्योति क्याम्पसले बुधबार चुनाव गराएको छ।

चुनावमा विद्यालय सञ्चालक समितिको अध्यक्षमा महेन्द्र कुँवर निर्वाचित हुनु भएको छ
।उक्त सञ्चालक समितिको चुनावमा सहमति जुट्न नसके पछि चुनाब गरिएको थियोे । अध्यक्ष पदमा दुई जना महेन्द्र कुवर र शेर बहादुर कुवरको प्यानल बनाएर उम्मेदवारी दिएका थिए । उहाँका प्रतिद्वन्द्वी शेर बहादुर कुवरको प्यानल निर्वाचनमा भाग नलिएपछि निर्वाचन मण्डलले अौपचारिक रुपमा उपस्थित भएका सदस्यहरुको गोप्य मतदान गराएको थियोे ।

बैशाख ३१ गतेका दिन बसेको साधारण सभाले जेष्ठ अाठ गते निर्वाचन प्रणालीमा जानका लागि नामावली माग गरेको थियोे । उक्त अवधि सम्ममा दुबै प्यानलले नामावली दिए पनि अाज निर्वाचनमा अर्को पक्ष सहभागी नभएकोले उपस्थिति सदस्यहरुबाट मत खसालिएको निर्वाचन संयोजक दिपक शाहीले बताउनुभयो ।

उहाँका अनुसार एउटापक्ष उपस्थिति नभए पनि तोकिएको समयमै अाफनो काम गरेको निर्वाचन मण्डलका सदस्य बसन्त घिमिरे बताउनुभयो । विद्यालयको नयाँ सञ्चालक समितिको अध्यक्षमा महेन्द्र कुवर, उपाध्यक्षमा भोज बहादुर कुवर, कोषाध्यक्षमा नङ्गना,ायण भट्टराई , सदस्यहरुमा क्रमश हुमा थापा, हिरा बहादुर बिक, भानु पन्थी , हुम प्रसाद श्रेष्ठ , श्यामलाल भुसाल , हिक्मत थापा, यम बहादुर कुवर, हुम बहादुर कुवर, मुक्त बहादुर सेन निर्वाचित भएको निर्वाचन संयोजक दिपक शाहीले बताउनुभयो ।