बाँकेको फत्तेपुरमा राप्ती नदिबाट ल्याईको नहर निमार्णमा महिला जुटे

बाँके,पौष ८ –अधिकांश पुरुषहरु वैदेशिक रोजगारको लागि विदेशीन थालेपछि बाँकेको फत्तेपुर ८ मोहनपुरका महिलाहरु राप्ती नदिबाट सिचाईको लागि ल्याईको नहर निमाणमा जुटेका छन् । वैदेशिक रोजकागारका लागि पुरुषहरु विदेशीदा पुरुषको संख्या न्यून हुँदा महिलाहरुको जुटेको स्थानीय सिता चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रत्येक घरबाट १ जना अनिवार्य रुपमा जाने गरेको बताउनुभयो । राप्ती नदिबाट ल्याईको नहरको काम धमाधम भईरहेको चौधरीले जानकारी दिनुभयो । आजभोली राप्तीनदिबाट ल्यईको कुलोको सरसफाई र मर्मत सम्भार गरिरहेको जानकारी दिनुभयो ।