कोरोना संक्रमणबाट ५३५ जनाको मृत्यु पुष्टि, एकैदिन २२५३ संक्रमीत थपिए

काठमाडौं,असोज,१८-नेपालमा आइतवार थप २ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप ७ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ५३५ जनाको मृत्यु पुष्टि भएको छ ।

नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या २२ हजार २१९ जना रहेका छन् । हाल संस्थागत आईसोलेशनमा १० हजार ३२६ जना रहेका  छन् । होम आईसोलेशनमा ११ हजार ८९३ जना रहेका छन् । त्यसैगरी क्वारेन्टाइनमा ४ हजार २०३ जना रहेका  छन् ।

हालसम्म डिस्चार्ज हुनेको संख्या ६४ हजार ६९ पुगेको छ । आइतवार थप १ हजार ३२९ जना डिस्चार्ज भएर घर फर्किएका छन् । मन्त्रालयका अनुसार हालसम्म कुल पीसीआर परीक्षण संख्या १० लाख ७४ हजार ४४८ पुगेको छ ।  विगत २४ घण्टामा १२ हजार ७८४ ओटा पीसीआर परीक्षण गरिएको छ ।

प्रवक्ता गौतमका अनुसार हाल भेन्टिलेटरमा ३४ जनाको उपचार भइरहेको छ भने आईसीयूमा २२६ जनाको संक्रमितको उपचार भइरहेको छ । त्यसैगरी क्वारेन्टाइनमा ४ हजार ३०२ जना  रहेका  छन् ।

विगत २४ घण्टामा कोरोना पुष्टि भएकामध्ये १ हजार ५९९ जना काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका व्यक्तिहरु रहेको मन्त्रालयले बताएको छ ।
मन्त्रालयका अनुसार आइतनवार कोरोना पुष्टि भएकाहरुमा काठमाडौं जिल्लाका १ हजार ३७३ जना, ललितपुर  जिल्लाका १८७ जना र भक्तपुर जिल्लाका ३९ जना रहेका छन् ।

आइतवार मुलुकभर थपिएकामध्ये करीब ७१ प्रतिशत संक्रमित काठमाडौं उपत्यकाको रहेको पनि मन्त्रालयले बताएको छ । यसैगरी प्रवक्ता गौतमले कोरोना संक्रमण बढ्दै गएकोले हालको अवस्थामा जहाँ छौं, त्यहि बसेर दशैं मनाउन सवैलाई आग्रह गरेका छन् ।