शितलहरका कारण कञ्चनपुरमा दैनिक जीवन कष्टकर बन्दै

इन्द्र कार्की
/महेन्द्रनगर,पौष,२४      मौसम परिर्वतन संगै वढेको चिसो र शीतलहरले कञ्चनपुरको दैनिक जनजीवन प्रभावित वनेको छ । विहानै देखि लाग्ने बाक्लो हुस्सुसंगै चल्ने चिसो हावाले मौसम थप चिसो भएको छ । कञ्चनपुरमा चिसो वढे संगै यहाँको जनजीवन प्रभावित वनिरहेको छ । शीतलहरका कारण दैनिक कामकाजका लागि समेत सर्वसाधारणलाई वाहिर निस्कन गाह्रो भई रहेको छ । चिसो वढे संगै कञ्चनपुर जिल्लाका आरक्ष पिडित तथा सुकुम्वासी वस्ती र स्कुले वालवालिका मा प्रत्यक्ष असर परेको छ । सर्वसाधारणहरुले चिसो छल्न ठाउँठाउँमा आगो तापेर दिन विताइ रहेका छन् । बाक्लो हुस्सुले राजमार्ग लगायतका सडकमा देख्न कठिन हुँदा यातायातका साधन सञ्चालनमा समेत कठिनाई देखिइएको छ । बाक्लो हुस्सु तथा शीतलहरका कारण वढेको चिसोले महाकाली अञ्चल अस्पतालमा बृद्ध तथा बालबालिका र विरामीहरुको चाप वढ्दै गएको छ भने कतिपय विधालयहरुले जाडो विदा दिएका छन् । चिसो वाट वच्न न्यानो लुगा लगाउने, तातो झोलिलो पेय पदार्थ सेवन गर्ने, चिसो खाना नखाने तथा चिसो ठाउँमा धेरै वेर काम नगर्न स्वास्थ्यकर्मि सुझाउछन् ।