ब्लडक्यान्सर पिडित कल्पना लाई सहयोगको अपिल

फाईल तस्विरमा : क्यानसर पिडित कल्पना !!

बुडर,डोटी,भदौ,१०-ब्लडक्यान्सरबाट पीडित भएका डोटीको जोरायल गाॅंउपालीका वडा नं.२ पनालीगैरा बस्ने २६ वर्षीय कल्पना विकलाई उपचारका लागि आर्थिक सहयोग गर्न परिवारले अपिल गरेका छन्। आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको भन्दै कल्पनाको परिवारले सहयोगको माग गरेको हो।

ब्लडक्यान्सर पिडित कल्पना, खडक कामीका बुहारी अर्थात चन्द्र कामीको श्रिमती हुनुहुन्छ । पिडित परिवारको आर्थीक अवस्था नाजुक भएको हुॅंदा उपचारमा सहयोग गर्न समस्या परेको हुॅंदा जोरायल गाॅंउपालिकाले मंगलबार अनुपति पत्र प्रदान गर्दै निजको उपचार गर्न सबैमा अपिल गरेको छ । 

पिडितको परिवारले सोमबार विभिन्न अस्पतालको कागजपत्र सहित  ब्लडक्यान्सर भएको पुष्टि सहित गाॅंउपालिकामा निवेदन दिएपछि गाॅउपालिकाले आर्थिक सहयोगको लागि अनुपति पत्र दिएको थियो ।

गत साउन महिनाबाट बिरामी भएका कल्पना जाँच गर्न जाँदा उनलाई ब्लडक्यान्सर भएको पुष्टी भएको थियो । अब उनलाई भरतपुर क्यानसर अस्पताल लैजान आर्थिक अभाव भएकाले संघसंस्था तथा ईच्छुक व्यक्तिलाई सहयोग गर्न पिडितका परिवारले आग्रह गरेका छन्।

ब्लड क्यान्सर रोगबाट छटपटाई रहेका कल्पनाले पनि आफूलाई बचाउन सबैलाई अनुरोध गरेका छन्।सहयोगी हातहरूले पिडित कल्पना कामिको नाममा रहेको देव विकाश बैंक लिमेटेडको १०११४१६२००१३९ खाता नम्बरमा रकम जम्मा गरिदिन पनि उनले अनुरोध गरेका छन्।

सहयोगका लागि सम्पर्क गर्नु परेको खण्डमा पिडितका अंकल राम बहादुर कामी लाई ९८६५७५७९०१ मा फोन गरेर बुझ्न सकिनेछ ।