काठमाडौं,साउन,१२-भारतले कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई अनुरोध गरेको छ ।गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्न भनेको हो ।
विभिन्न नेपाली गुट÷समूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गर्ने गरेको भन्दै भारतको धार्चुला प्रशासन कार्यालयले त्यस्त गतिविधि नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गरेको हो ।
नेपालले हालै कालापानी, लिम्पियाधुरा, गुन्जी, लिपुलेक लगायतका भूभाग समेटेर नयाँ नक्सा जारी गरेको थियो ।नेपालले नयाँ नक्सा सार्वजनिक गरेपनि भूभागलाई भारतले आफ्नो क्षेत्र रहेको दावी गर्दै आएको छ ।यता दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल लकडाउन, वर्षायाम र विकट भूगोल भएकाले सो स्थानमा हाल आउ–जाउ नभएको बतउनुभयो ।
नेपाल सरकारले हालै कालापानी नजिक छाङ्रुमा सशस्त्र प्रहरीको सुरक्षा पोष्ट स्थापना गरेपछि त्यहाँ केही गतिविधि बढेको छ ।हालै त्यहाँ नजिक सडकको ट्रयाक खोल्ने काम भइरहेको छ ।यसैगरी हेलिकप्टरमार्फत ब्यास गाउँपालिका वडा नम्बर १ छाङ्रु र टिंकरमा एक–एक सय क्विन्टल चामल पु¥याइएको थियो ।
यस्तै छाङ्रुको गागा भन्ने स्थानमा झोलुङ्गे पुलका सामान पनि हेलिकप्टरमार्फत् नै पुर्याइएको छ ।यसैगरी माथिल्लो कौवा भन्ने ठाउँमा सुरक्षा पोष्ट राख्ने तयारीसमेत गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिनुभयो ।ईमेजबाट