१३९ जना कोरोना संक्रमित थपिए,६२६ जना डिस्चार्ज, मृत्यु हुनेको संख्या ४८ पुग्यो

काठमाडौं,साउन १२-नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ।पछिल्लो २४ घण्टामा तीन जना मृतकमा कोरोना पुष्टि भएसंगै मृतकको संख्या ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो ।

आइतबार पर्सा वीरगंज बस्ने ६५ वर्षीय भारतीय नागरिकको, आइतबारै धनुषा शहीदनगरका ३६ वर्षीय पुरुषको र बारा फेटाका ६० वर्षीय पुरुषको सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएसंगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुगेको हो ।

कोरोना संक्रमितको संख्या १८ हजार ७ सय ५२ पुगेको छ ।पछिल्लो २४ घण्टामा नयाँ १ सय ३९ जनामा संक्रमण पुष्टि भएसंगै जम्मा संक्रमितको संख्या १८ हजार ७ सय ५२ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ६ सय २६ जना संक्रमित निको भएर घर फर्केका छन् । अहिलेसम्म जम्मा १३ हजार ७ सय ५४ जना डिस्चार्ज भएर घर फर्केको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ८ सय १८ जनाको पीसीआर परीक्षण भएको छ ।देशभर हाल १६ हजार ३ सय ७१ जना क्वारेन्टिनमा रहेका छन् । ४ हजार ९ सय ५० जना आइसोलेसनमा छन् ।