एचआइभी संक्रमणको जोखिममा रहेकालाई निःशुल्क औषधि

काठमाडौं,कार्तिक,१२-

एचआइभी संक्रमितलाई दिइदै आएको एआरटी औषधि अब संक्रमणको जोखिममा रहेकाले पनि पाउने भएका छन् । रगत परीक्षण गरी सिडीफोर भन्ने तत्वको मात्रा कम भएमा मात्रै औषधि दिने व्यवस्थालाई परिवर्तन गरी सबै संक्रमित र संक्रमणको जोखिममा रहेकालाई समेत निःशुल्क औषधि दिने व्यवस्था गरिएको हो ।

संक्रमितले देशका विभिन्न ६८ स्थानमा रहेका एआरटी सेन्टरबाट निःशुल्क औषधि सेवन गर्न पाउने भरतपुर अस्पतालमा रहेको एड्स हेल्थकेयर फाउण्डेशन (एएफएच) नेपालका वरिष्ठ क्षेत्रीय परियोजना संयोजक कृष्णहरि सापकोटाले बताउनुभयो । आजको गोरखापत्रमा खबर छ ।