कांग्रेसको पदाधिकारी बैठक आज बस्दै,राष्ट्रपतिको आह्वानबारे निर्णय लिने

काठमाडौं,जेठ,७-नेपाली कांग्रेसले आज (शुक्रबार) बिहान पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्न आह्वान गरेपछि त्यसबारे निर्णय लिन कांग्रेसले बैठक बोलाएको हो।

बैठक बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने छ।राष्ट्रपतिको उक्त आह्वान संविधान विपरीत र अलोकतान्त्रिक रहेको पनि कांग्रेसले बताएको छ।