प्रशंसनिय दृष्टिकोण विषयक तिन दिने तालिम शुरु

मधुपौडेल ,

नेपालगंज पुस १-युनडिपिको सहकार्य र वागेश्वरी असलशासन क्लव को आयोजनामा तिन दिने प्रशंसनीय दृष्टिकोण विषयक तालिम नेपालगंजमा आज बाट शुरु भएको छ ।सकारात्मक सोचका अभियान्त बुद्धि तामाङले गरीरहेको प्रशिक्षण तालिममा गैससका कार्यरत ३३ जना सहभागिता रहेको छ । नेपालगन्ज स्थित होटेल रोयलमा चलीरहेको तालिमको पहिलो दिन ब्यक्ति र समाज रुपान्तरणका लागि कसरी सोच र ब्यवहारमा परिवर्तन ल्याउने, सकारात्मक सोचको परिभाषा, नेतृत्वका प्रकार, बोधी ज्ञान र अज्ञानता के हो लगायतका बिषयमा सहजिकरण गरिएको छ ।

15577536_764888847010817_1947073804_nपहिलो दिनको तालिम पश्चात जिवनका ज्ञान र अज्ञानताका बिषयमा जानकारी हासिल भएको सहभागीहरुले बताएका छन् । शकारात्मक सोचले जिवनमा शान्ति, स्थिरता, समभाव, आशाबादी, आत्मबिश्वास, भातृत्व र प्रशन्नता थप्ने भएकाले सबैका लागि प्रशंसनिय दृष्टीकोण अपरिहार्य भएको प्रशिक्षक तामाङले बताउनु भएको छ । तालिमको उद्घाटन कार्यक्रमको संचालन बासका अध्यक्ष मन भण्डारीले गर्नु भएको थिए भने तालिममा स्वागत सँगै उद्धेश्यमाथि प्रकास बासका कार्यकारी निर्देशक नमस्कार शाहले गर्नु भएको थियो । आजबाट शुरु भएको उक्त तालिम पौष ३ गते सम्म चल्ने आयोजकले जनाकारी दिनुभयो ।