एकैदिन १० जनाको मृत्यु,कोरोना संक्रमितको संख्या ७६ हजार २५८ पुग्यो

काठमाडौं,असोज,१३-नेपालमा मंगलवार थप १ हजार ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७६ हजार २५८पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप १० जनाको कोरोना संक्रमणका कारण मुत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण ४९१ जनाको मृत्यु पुष्टि भएको छ ।

प्रवक्ता गौतमले कुल डिस्चार्ज हुनेको संख्या ५५ हजार ३७१ पुगेको बताए । कुल पीसीआर परीक्षण संख्या भने १० लाख ९ हजार २९८ पुगेको छ । कुल डिस्चार्ज हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ भने मंगलवारमात्रै थप ७३१ जना डिस्चार्ज भएका छन् ।

हाल क्वारेन्टाइनमा ५ हजार ७७८ जना रहेका छन्  ।

मन्त्रालयका अनुसार हाल होम आईसोलेशनमा १० हजार ७०७ जना रहेका छन् भने संस्थागत आईसोलेशनमा ९ हजार ६८९ जना रहेका छन् ।सक्रिय संक्रमितको संख्या भने २० हजार ३९६ जना रहेको छ ।