स्व- अच्युत स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार समाजसेवी रामलखन थारुलाई प्रदान

लायन्स क्लब अफ नेपालगन्जद्वारा वृहत रक्तदान

के-पी- घिमिरे/
नेपालगन्ज,जेष्ठ,२९-
बाँके जिल्लाका समासेवी, व्यापारी , राजनीति व्यक्ति स्व- अच्युत राज सुवेदी स्मृति प्रतिभा पुरस्कार राप्ती सोनारी गाउँ पालिका ७ का रामलखन थारुलाई अाज एक कार्यक्रममा प्रदान गरिएको छ ।२०७२ बैशाख १२ गते अाएको महा भुकम्पमा घाइते भई उपचार गराउदै गर्दा २०७२ जेष्ठ २९ गते स्व- अच्युत राज सुवेदीको मृत्यु भएको थियो।

उहाँको मृत्यु पश्चात् प्रत्येक वर्ष समाजमा उत्कृष्ट काम गर्ने एक जनालाई उक्त पुरस्कार दिदै अाईरहेको निजका बुबा प्रकाश सुवेदीले बताउनु भयो । पुरस्कारको रासी १५५५५ रुपैया रहेको छ । गत साल अाएको राप्ती पारीको बाढीमा रामलखन थारुले अाफनो ज्यान जोखिममा मोलेर धेरैलाई बचाएका थिए । पुरस्कार पाउने थारु राप्ती सोनारी गाउँ पालिका वडा नं ७ का वडा अध्यक्ष समेत हुनुहुन्छ ।

कार्यक्रममा बोल्दै रामलखन थारुले यो पुरस्कार तथा सम्मानबाट मलाई अझै समाजसेवामा सक्रिय हुन उर्जा मिलेको बताउनु भयो ।स्व-अच्युत राज सुवेदी लायन्स क्लब अफ नेपालगन्जका पूर्व अध्यक्ष पनि भएको हुदा नेपालगन्जमा रगतको अभाव भएको बेला अच्युत राज प्रतिष्ठान र लायन्स क्लब अफ नेपालगन्ज सिद्दीविनायकले सामूहिक रुपमा वृहत् रक्तदान कार्यक्रम पनि राखेका थिए । जसमा ७८ जनाले रक्तदान गरेका थिए ।

उक्त पुरस्कार ,सम्मान तथा रक्तदान कार्यक्रममा अध्यक्षता स्व- सुवेदीका बुबा प्रकाश सुवेदी , प्रमुख अतिथिमा पूर्व गृहमन्त्री जनार्दन गौतम शर्मा , अतिथिहरुमा प्रमुख जिल्ला अधिकारी रमेश के-सी-, बाँकेका प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज, प्रदेश सभासद कृण्णा के-सी- , नेपालगन्ज उप महानगर पालिकाका मेयर डा-धवल

शमसेर राणा, उप मेयर उमा थापा, कोहलपुर नगरपालिका उप प्रमुख सन्जु चौधरी , सञ्चारकर्मीहरु, प्रहरी प्रमुख नेकपा का नेता तथा कार्यकर्ता , लायन्स क्लबका सदस्यहरु, लगायतका रक्तदाता तथा शुभचिन्तकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । रक्तदान कार्यक्रममा ७८ जनाले रक्तदान गरेको नेपालगन्ज रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले बताउनुभयो ।