गुण्डाको राज नेपालमा धेरै दिन टिक्दैनः गृहमन्त्री थापा

काठमाडौं, जेठ ३०-

गृहमन्त्री रामवहादुर थापाले गुण्डागर्दी पूर्ण रुपमा अन्त्य गरिने प्रतिवद्धता जनाउनु भएको छ ।

क्याटरिङ् व्यवसायी महासंघको प्रथम महाधिवेशनको उद्घाटन गर्दै गृहमन्त्री थापाले मुलुकमा अब गुण्डाराज धेरै दिन नटिक्ने चेतावनी दिनुभयो ।

आफ्नो व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई, डर धम्की र त्रास मार्फत चन्दा असुली गर्नेलाई गृहमन्त्रालयले नछाडने उहाँको प्रतिवद्धता थियो ।

व्यवसायीको जिउधन र व्यवसायीक सुरक्षाका लागि सरकार कटिवद्ध रहेको वताउदै मन्त्री थापाले यस किसिमको गतिविधि गर्नेको सूचना गृहमन्त्रालयमा दिन व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।

मन्त्री थापले विकास र समृद्धिको बाधक अपराधिक गतिविधि, कुशासन र भ्रष्टाचार भएकोले सरकारले यी सबै वाधक तत्वलाई हटाउने लक्ष राखेको बताउनुभयो ।