सत्य निरुपण तथा मेलमिलाप आयोग आफैं विवादमा फसेको आरोप

काठमाडौं, चैत ९-  सत्य निरुपण तथा मेलमिलाप आयोग पीडितहरुप्रति उत्तरदायी नभएको गुनासो पीडितहरुले गरेका छन् ।सत्य निरुपण तथा मेलमिलाप आयोगका प्रतिनिधिसँग आयोग कार्यालय बबहरमहलमा भएको छलफलमा उनीहरुले आयोग बने पनि पीडितका समस्या सामधान गर्न नसकेको आरोप लगाएका हुन् ।

आयोगले पीडितहरुका समस्या सामधान गर्नुको साटो आफै विवादमा फसेर दुनियाँ हसाउने काम गरिरहेको उनीहरुले बताए ।पीडितहरु कानूनी उपचारको खोजिमा लामो समयदेखि भौतारिँदा पनि न्याय पाउन नसकेको दुखेसो उनीहरुको छ ।

सत्य निरुपण तथा मेलमिलाप आयोगले भने कार्ययोजनाको खाँचो रहेको भन्दै केही महिनामै पीडितले राहत पाउने गरी काम गर्ने आश्वासन दिएको छ ।छलफलमा बिभिन्न जिल्लाबाट आएका द्वन्द्वपीडितले आ–आफ्ना समस्या आयोग समक्ष राखेका थिए ।साभार ईमेज खबरबाट