नयाँ शक्ति पार्टीको ‘हिमाल, पहाड, तराई, मधेस राष्ट्रिय अभियान’ सुरु

काठमाडौं, चैत ९ – नयाँ शक्ति पार्टी नेपालले बुधबारदेखि हिमाल, पहाड, तराई, मधेस राष्ट्रिय अभियान सुरु गरेको छ । सबै ठाउँलाई भावनात्मक रुपमा जोड्न र असन्तुष्ट पक्षलाई सहमतिमा ल्याएर संविधान संशोधनमार्फत तोकिएकै मितिमा चुनाव गर्न वातावरण बनाउन दबाव दिने उद्देश्यसहित नयाँ शक्तिले सिरहाको लहानबाट अभियान सुरु गरेको हो ।

सिरहाको लहानमा भएको कार्यक्रममा नयाँ शक्तिका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधान संशोधन गरी प्रदेश र स्थानीय तहको सीमाङ्कनपछि मात्र चुनाव हुनसक्ने बताउनुभएको छ ।उहाँले प्रदेश र स्थानीय तहको वैज्ञानिक सीमाङ्कन, सर्वपक्षीय

सर्वदलीय राष्ट्रिय सरकारको गठन, चुनावी खर्च राज्यले बेहोर्न व्यवस्था, केन्द्र– प्रदेश– स्थानीय तहको सँगसँगै चुनाव र राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीका लागि आफ्नो पार्टी लडिरहेको दावी पनि गर्नुभयो । सिरहाको लहानबाट शुरु भएको अभियान चैत १२ गते कैलालीको धनगढीमा पुगेर सकिनेछ । साभार उज्यालो अनलाईनबाट