प्रधानमन्त्री दाहाल आज राति चीन जादै

काठमाडौं, चैत १०- प्रधानमन्त्री पुष्पकमल दाहाल आज  चीन भ्रमणमा जाँदै हुनुहुन्छ ।एशियाका लागि पोआओ मञ्चको वार्षिक सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल राति चीनको पोआओतर्फ प्रस्थान गर्न लागेको हो ।

भ्रमणका क्रममा कुनै सम्झौता भने गरिने छैन । यद्यपि, चिनियाँ राष्ट्रपति सी सिनफिङसँग राजधानी बेइजिङमा शनिवार छोटो समयका लागि भेटको वातावरण मिलाइएको छ ।चिनियाँ राष्ट्रपतिसँगको भेटवार्तापछि उहाँले १२ गते शनिवार नै पोआओ सम्मेलनलाई सम्बोधन गर्दैहुनुहुन्छ ।बुधबार पत्रकार सम्मेलन गर्दै परराष्ट्रमन्त्री डा। प्रकाशशरण महतले प्रधानमन्त्री दाहालको चीन भ्रमणक्रममा कुनै सम्झौता नहुने स्पष्ट पार्नु भएको थियो ।

भ्रमणका क्रममा चिनियाँ प्रधानमन्त्री र विदेश मन्त्री चीनमा नरहने भएकाले नेपालका तर्फबाट सबै तयारी गरिएपनि कुनै औपचारिक सम्झौता नहुने उहाँले बताउनुभयो ।नेपालकोतर्फबाट कनेक्टीभिटी, रेल(वे, सडक निर्माण, ट्रान्समिसन लाइन, पारवहन र वान बेल्ट वान रोड लगायतका विषयमा सम्झौताका लागि सबै तयारी पूरा भएको उहाँको दावी थियो ।

चिनियाँ राष्ट्रपतिसँग यिनै विषयमा छलफल हुने मन्त्री महतले बताउनुभयो ।प्रधानमन्त्री दाहालको भ्रमणमा प्रधानमन्त्री पत्नी सीता दाहाल, परराष्ट्रमन्त्री महत, परराष्ट्र सचिव शंकरदास वैरागी लगायत सहभागी हुनेछन् ।चैत १३ गते प्रधानमन्त्री दाहालले बेइजिङ फरेन स्टडिज् युनिभर्सिटीले आयोजना गर्ने नेपाल–चीन सम्बन्ध र समृद्धिका अवसर विषयक छलफल कार्यक्रमलाई सम्बोधन गनर््ह्नेछ ।

सोही दिन चिनियाँ व्यापारी समुदायसँग छलफल गर्ने एवं विश्वविद्यालय परिसरमा स्थापना हुने नेपाल अध्ययन केन्द्रको उद्घाटन गरिने कार्यक्रम छ ।१५ गते नेपाली टोली तिब्बतको ल्हासा पुग्नेछ र त्यहाँ नेपाल–तिब्बत सरकारबीच स्थानीय तहमा विद्यमान द्विपक्षीय संयन्त्र थप क्रियाशील बनाउने विषयमा तिब्बत सरकारका नेतासँग छलफल गरिने छ । प्रधानमन्त्री दाहाल चैत १६ गते स्वदेश फर्कने कार्यतालिका रहेकोछ ।