काठमाडौं,चैत्र,२०-चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला स्वामित्व ग्रहण गरेर निर्माण अघि बढाउने निर्णय सरकारले गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले धुर्मुस-सुन्तली फाउन्डेसले निर्माणका क्रममा खर्च अभावमा अधुरो छोडेको रंगशाला बनाउने निर्णय लिएको हो।
एकजना मन्त्रीका अनुसार अब रंगशालाको सबै स्वामित्व ग्रहण गरेर सरकारले आवश्यक बजेट व्यवस्थापछि निर्माण अघि बढाउने भएको हो।
नेपाली क्रिकेट टोलीले विश्वकप क्रिकेट लिग डिभिजन २ खेल्दै विश्वकप छनोटमा पुगेका बेला एउटा राम्रो रंगशाला नभएको भन्दै चर्को आलोचना भएको थियो।
धुर्मुस-सुन्तली फाउन्डेशनले १७ करोड बढी खर्च भएको भन्दै त्यसको स्वामित्व लिएर निर्माण अघि बढाउन सरकारलाई आग्रह गरिरहेको थियो।यस्तोमा सोमबारको मन्त्रिपरिषद्ले रंगशालाको सबै स्वामित्व लिँदै निर्माणका लागि प्रक्रिया अघि बढाउने निर्णय लिएको हो।