फिफा विश्वकप छनोट : नेपालले आज कुवेतविरुद्व खेल्ने

खेल नेपाली समय अनुसार रातिको पौने ११ बजे सुरु हुने

काठमाण्डौं,भाद्र,१९-

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप छनोटको खेल नेपालले कुवेतविरुद्व खेल्दै छ।विश्वकपको दोस्रो चरणको छनोटमा नेपालले आज (बिहिबार) पहिलो लिगमा घरेलु टोली कुवेतविरुद्व खेल्न लागेको हो ।

कुवेतको जविर अल अहमेद ईन्टरनेश्नल मैदानमा हुने खेल नेपाली समय अनुसार रातिको पौने ११ बजे सुरु हुनेछ ।पहिलो पटक सिधै दोस्रो चरण खेल्न लागेको नेपाल समुह “बी” छ । नेपाल रहेको समुहमा एसियाली पावर हाउस मानिने अष्ट्रेलिया सहित कुवेत, जोर्डन र चाईनिज ताईपे समावेश छन् ।

नेपालले होम एण्ड अवेका आधारमा समुहका चार टिमसंग प्रतिस्पर्धा गर्नेछ ।नेपाली टिमका मुख्य प्रशिक्षक योहान कालिन नेपाली टिमलाई अन्डरडग मान्छन् । सोही कारण अन्डरडग नेपाल छनोटका अधिकांश खेलमा अप्रत्यासित नतिजा निकाल्ने दाउमा हुनेछ ।

तर शारीरिक र प्राविधिक रुपमा उत्कृष्ट कुवेतविरुद्वको खेल नेपाली टिमलाई पक्कै कठिन हुनेछ । फिफा वरियतामा नेपाल भन्दा कुवेत चार स्थानमात्र माथि छ । नेपाल १ सय ६६ र कुवेत १ सय ५६ औ स्थानमा छ ।

आजको खेलमा सहभागीहुने खेलाडीहरु

गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ 

डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देबेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल 

मिडफिल्डर : रोहित चन्द, सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ,विशाल राई 

फरवार्ड : विमल घर्तिमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ 

यसैबिच : स्ट्राइकर नवयुग श्रेष्ठले कुवेतविरुद्धको खेल गुमाउने सम्भावना छ । खेलको अघिल्लो दिन नवयुग श्रेष्ठको स्वास्थ अवस्था खराव देखिएकाले कुवेतविरुद्धको खेल गुमाउन सक्ने सम्भावना भएको हो ।आईतबार कुवेत प्रस्थान गरेको नेपाली टिमका सदस्य नवयुग श्रेष्ठलाई ज्वेरोको समस्या देखापरेपछि कुवेतविरुद्ध मैदान उत्रने सम्भावना कम छ ।