नेपालमा ब्ल्याक मनि भित्रीन सक्ने भारतिय राजदुतको चिन्ता : नेपालगन्जका व्यवसायिले पोखे गुनासो

बाँके,माघ  ४-नेपालका लागि भारतिय राजदुत रणजित रायसंग यहाँका व्यवसायीले गुनासो पोखेका छन् । नेपालगंज उद्योग वाणिज्य संघले सोमबार बेलुुका आयोजना गरेको स्वागत तथा अभिनन्दन कार्यक्रममा उपस्थित उद्योगी व्यवसायीले व्यापार गर्ने क्रममा अन्तर देशिय नीती नियमका कारण विभिन्न समस्या आउने गरेको भन्दै समाधानको पहल गरि दिन आग्रह गर्नुभयो ।

नेपालगंज उद्योगवाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले भारतसंग धेरै आशा रहेको बताउँदै व्यापार व्यवसायमा देखा परेका समस्या समाधानका लागि आवश्यक सहयोग गरिदिन आग्रह गरेका हुन् । भारतबाट नेपालमा धेरै माल समान आउने गरेपनि नेपाली उत्पादन कमै मात्रामा भारत पठाउने गरिएको बताउनुभयो ।नेपालबाट भारत जाने भनेको जडिबुटी नै हो ,त्यो पनि भारत सम्म पुर्याउन धेरै कठिनाई छ ,उहाँले भन्नुभयो नेपालगंमा जडिबुटी भएपनि प्रशोधन उद्योग नभएको बताउनुभयो ।

संघका वरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरिले भारतमा जडिबुटी निकासीमा उत्पन्न समस्या समाधान गरिदिन नेपाली गाडिहरु भारतमा निर्वाध चल्न पाउने व्यवस्था मिलाउन विद्युतीय आपुर्तीमा सहजता ल्याउन पहल गरिदिन आग्रह गर्नुभयो । जडिबुटी व्यवसायी संघका महासचिव टंकप्रसाद शर्माले भारतको उत्तर प्रदेश सरकारले जडिबुटी निकासीमा आफ्नो कानुन लगाउँदा नेपाली व्यवसायी मर्कामा परेको गुनासो पोख्नुभयो ।

राजदुत रणजित रायले के भने ।।
राजदुत रणजित रायले नेपालमा  रहेको ५०० र १००० को भारतीय नोटको समस्या समाधानको पहल गर्ने बताउनु भएको छ । उहाँले ५०० र १००० को नोट नेपालीको लागि खोलिदिदा ब्ल्याक मनी नेपाल भित्रिने आशंका भारत सरकारको रहेको खुलास गर्नुभयो । उहाँले भन्नुभयो ५०० र १००० को नोटको समस्या समाधान कसरी गर्नु भनेर छलफल गरिरहेका छौं । नेपालमा ५०० र १००० को नोट खुला गरिदिएमा ब्ल्याक मनी नेपाल आउछ भन्ने हामीलाई शंका छ ।

उहाँले भारतीय नोटको विषयमा नेपाल भारतको छलफल भईरहेको जानकारी दिनुभयो । उहाँले यो सम्स्या छिट्टै समाधानहुने समेत बताउनुभयो । नोटबन्दी पछि भारतमा ब्ल्याक मनी उपराध आतंकबाट समाप्त भएको दाबी गर्नुभयो । उहाँले नेपालको आर्थीक ,समाजीक लगाएत समग्र विकासमा भारतले सहयोग गर्ने आश्वासन दिनुभएको छ । उहाँले भन्नुभयो भारत सरकार नेपालको समग्र विकासका लागि तत्पर छ । पहिले पनि सहयोग गरेको बताउनु भएको थियो ।

सो अवसरमा अध्यक्ष वैश्यले राजदुतलाई नेपाली टोपी लगाएर सम्मान गर्दै भारतीय राजदुताबासको कन्सुलेट कार्यालय नेपालगंजमा खोल्न माग गर्नु भएको छ । नेपालगंज उद्योग वाणिज्य संघको तर्फबाट ज्ञापन पत्र बुझाउदै उत्पत्ती प्रमाण पत्रको आधारमा जडिबुटी निकासी निशुल्क रुपमा गर्ने वातारण बनाई नि समेत माग गरेका छन् ।

यस्तै जडिबुटी तथा खाद्यन्न जाँचको लागि प्रयोगशाला रुपैडिहामा नै स्थापना गर्न ४० मेगावाट विद्युत सब स्टेशन रुपईडिहामा स्थापना गर्न रुपईडिहा नानपारा रेल वे लाईनलाई बन्द नगर्न माग गरिएको छ । यसैगरि सुसुप्त अवस्थामा रहेको एकीकृत चेक पोष्ट निमाणलाई गति दिन समेत राजदुत राय समक्ष माग गरिएको छ । नोट बन्दीका कारण भारतीय नोटमा भईरहेको समस्या समाधानको लागि पहल गर्न समेत संघले माग गरेको छ ।