रवि लामिछानेको मुद्दामा आजदेखि सुनुवाइ

काठमाडौं,जेठ,१७-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसद हुन अयोग्य रहेको भन्दै परेको रिटमा बुधबार पेशी तोकिएको छ ।

लामिछानेले पुनः नागरिकता प्राप्ति गर्दा पनि प्रक्रिया पूरा नगरेको भन्दै गत बुधबार कानुन व्यावसायी युवराज सफलले दिएको रिटमा बुधबारदेखि प्रारम्भिक सुनुवाइ हुने भएको हो ।

रिट निवेदकले अमेरिकी नागरिकता त्याग गरेको निस्सा पेस नगरी लामिछानेले नेपाली नागरिकताको प्रतिलिपि लिएको जिकीर गरिएको छ।

गत वैशाख २५ गते नै उक्त रिट सर्वोच्च अदालतमा लगिएकोमा सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो ।

तर, यही जेठ २ गते सोही रिट दर्ता गर्न आदेश भएको थियो ।