रेशम चौधरीलाई आममाफी दिने निर्णय विरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ

काठमाडौं,जेठ,१७-टीकापुर घटनामा मूख्य दोषी ठहर भएका पूर्व सांसद रेशम चौधरीलाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णय विरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा बुधबार सुनुवाइ हुने भएको छ।

टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा बोहरा कडायतले गत आइतबार दिएको रिट मंगलबार सर्वोच्चमा दर्ता भएलगत्तै आजका लागि पेशी तोकिएको हो ।

टीकापुर घटनाका मुख्य योजनाकारका रुपमा रेशम चौधरी विरुद्ध जिल्ला र उच्चले गरेको जन्मकैदको फैसलालाई सर्वोच्च अदालतले पनि सदर गरेको थियो।तर,जेलभित्रै रहेर राजनीतिक दल खोलेका चौधरीको पार्टीले गत निर्वाचनमा चार सीट जितेपछि उक्त दल अहिले सरकारमा रहेको छ।

चौधरीकी पत्नी रञ्जिता अहिले भूमि व्यवस्था मन्त्री रहेकी छन् । सरकारले राजनीतिक सत्ता समीकरणको नाममा चौधरीलाई आममाफी दिएर सर्वोच्चको फैसलाको समेत अवज्ञा गरेको आरोप लागेको छ ।ईमेजखबरबाट