नेपालसँग सीमासहित सबै मुद्दाको समाधान गर्ने भारतीय प्रधानमन्त्री मोदीको भनाई

काठमाडौं,जेठ,१८-भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग सीमासहित सबै मुद्दाको समाधान गर्ने बताउनु भएको छ ।

भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहालसँग द्विपक्षीय भेटवार्ता गरेपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले उक्त कुरा बताउनु भएको हो ।

उहाँले दुई मुलुक मिलेर सीमासहित सबै मुद्दाको समाधान गर्ने र भारत र नेपालको धार्मिक र सांस्कृतिक सम्बन्ध धेरै पुरानो रहेको उल्लेख गर्दै अझ धेरै बलियो बनाउने बताउनुभयो ।

संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले पनि सीमा समस्या समाधानको विषयमा बोल्दै प्रधानमन्त्री मोदी समक्ष सीमा समस्या स्थापित द्विपक्षीय कूटनीतिक संयन्त्रमार्फत समाधान गर्नको लागि अनुरोध गरेको बताउनुभयो ।