नेपाल मगर संघ बारा जिल्ला समितीको लखन थापा स्मिर्ती संग्रालयको लागि मिलन मगर द्धारा ५१ हजार सहयोग

काठमाण्डौं,माघ,९-नेपाल मगर संघ बारा जिल्ला समितिको लखन थापा स्मिर्ती संग्रालयको लागि ५१ हजार आर्थिक सहयोग गर्नुभएको छ। नेपाल मगर संघ बारा जिल्ला समितिको संग्रालयको लागि महेन्द्र राजामार्गको पतलयामा जग्गा भयपनी भवनको लागि आर्थिक कारणले भवनको सिल्यानास हुन सकेको छैन।

बारा जिल्लामा मगरहरुको बहुल्यता भयपनी अहिले सम्म जिल्लामा मगर को लागि कुनै पनि कार्यक्रम गर्ने भवन र बैठक बस्ने कार्यलय बनेको छैन। उक्त भवन दुई तलाको हुनेछ र दुई बर्ष भित्रमा सम्पन्न गर्ने र भवनको कुल लागत चालिस लाखको हुनेछ  ।

भवन दुई बर्ष भित्र जसरी पनि सम्पन्न गर्ने भनेर नेपाल मगर संघ बारा जिल्ला समितिका अध्यक्ष एम कुमार जर्गा मगरले जानकारी दिनुभयो । उक्त भवनको लागि सहयोग गर्ने सहयोगदाताहरुको नाम सिल्यानासमा पनि लेखिनेछ।

भवन सम्पन्नको लागि नेपाल मगर संघ केन्द्रिय समिती विश्वभरी छरिएका बिदेशी भात्री संगठनलाई समेत सहयोगको लागि अपिल गरेकोछ ।