मनाङको चामेमा एमाले र नार्पाभूमिको अध्यक्षमा काग्रेस विजयी

काठमाण्डौं,बैशाख,३१-मनाङको चामे गाउँपालिकाबाट नेकपा एमालेले जीतको खाता खोलेको छ ।गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्रबहादुर घले निर्वाचित भएका छन् । यसअघि पनि उनी अध्यक्ष थिए ।

घलेले ३ सय २० मत ल्याएका छन् ।उनका प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ ध्वर्जे लामाले २ सय ७९ मत ल्याएका छन् ।उपाध्यक्षमा भने कांग्रेसकी मिङमार ढोमा लामा निर्वाचित भएकी छन् । उनले ३ सय २५ मत ल्याइन् ।

प्रतिद्वन्दी एमालेकी आशकुमारी गुरुङले २ सय ७४ मत ल्याइन् ।चामेस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार औपचारिक घोषणा हुन भने बाँकी छ ।

चामे गाउँपालिकामा ७ सय ११ मतदाता रहेकोमा ६ सय १० मत अर्थात ८५ दशमलव ७९ प्रतिशत मत खसेको थियो ।

यसैबिच:मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् । योसँगै स्थानीय तह निर्वाचन २०७९मा नेपाली कांग्रेसले जितको खाता खोलेको छ । १५८ मत ल्याएर लामा विजयी भएका हुन् ।

मध्यरातमा सकिएको मतगणनाअनुसार लामाका निकटतम् प्रतिद्वन्द्ववी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामा १११ मत पाएका छन् । ४ सय ८४ मतदाता रहेको गाउँपालिकामा ३०४ मत खसेको थियो ।३५ मत भने बदर भएको छ ।

अपडेट…..