उम्मेदवारको टुङगो लगाउन प्रमुख दलहरु आन्तरिक गृहकार्यमा

भोली मनोनयन दर्ता हुने

काठमाडौं,भदौं,२०-

प्रदेश नं. २ को स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने समय आउन एकदिन मात्रै बाँकी रहदा दलहरु आन्तरिक गृहकार्यमा जुटेका छन् ।

प्रमुख दल नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राजपा लगायतका दलहरु निर्वाचनलाई आफ्नो पक्षमा पार्न आन्तरिक गृहकार्यमा जुटेका हुन् ।

प्रदेश नम्बर २ को निर्वाचनका लागि मनोनयन दर्ताको समय नजिकिदै गएपनि दलहरुभने उम्मेदवार छनोटको विषयमा जारी विवादमै रुमल्लीएका छन् ।

१३६ स्थानीय तहका लागि हुने तेस्रो चरणको निर्वाचन लागि नेपाली कांग्रेसले आजसम्ममा सबै तहको उम्मेदवारी टुंगो लगाउने तयारी गरेको छ भने, नेकपा एमालेले सबै तहको उम्मेदवारी सार्वजनिक गर्ने तयारीमा छ ।

माओवादी केन्द्रले आज सबै उम्मेदवारको टुङगो लगाउने जनाएको छ । राजपापनि उम्मेदवारी टुंगो लगाउने कसरतमा जुटेको छ ।