थप ७ हजार ४१४ परिक्षण गर्दा १ हजार ४४ जनामा कोरोना पुष्टि

त्यस्तै, सक्रिय संक्रमित १२ हजार १ सय ४८ छन्। १२ सय ७१ संक्रमणमुक्त भएका पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म २ लाख ३२ हजार ८ सय ७२ जना संक्रमणमुक्त भएका छन्।

कुल संक्रमित २ लाख ४६ हजार ६ सय ९४ जना छन्। बितेको २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोनाकै कारण मृत्यु हुनेहरूको कुल संख्या १६ सय ७४ पुगेको पनि मन्त्रालयले जनाएको छ।