पोखरामा मेयरमा ३२ हजार बढी मतका साथ आचार्य अग्र स्थानमा

पोखरा,जेठ,७-पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले मतान्तर निरन्तर रुपमा बढाउनुभएको छ।

उहाँले ३२ हजार ४ सय ८० मत प्राप्त गरेर अग्रता कायमै राख्नुभएको हो।उहाँलाई नेकपा एमालेका मेयरका उम्मेदवार कृष्ण थापाले २९ हजार ४१ मत प्राप्त गरेर पछ्याई रहनुभएको छ।

त्यस्तै, राप्रपाका मेयरका उम्मेदवार शंकर खरालले ३ हजार ५ सय २० मत प्राप्त गर्नुभएको छ। पोखरा महानगरपालिकामा हालसम्म ८० हजार १ सय ५४ मत गणना भइसकेको छ।

सोहि महानगरको उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले गुरुङले ३३ हजार २ सय २१ मत प्राप्त गरेर पुन: अग्रता लिनुभएको छ।शुक्रबार रातीबाट अग्रता बढाएर उहाँले नेपाली कांग्रेसकी उपमेयरकी उम्मेदवार कोपिला रानाभाटलाई २ सय ६२ मतले पछाडि पार्नुभएको हो।

उहाँलाई कांग्रेसकी रानाभाटले ३२ हजार ९ सय ५९ मत प्राप्त गरेर पछ्याई रहनुभएको छ।साथै उपमेयर पदमा राप्रपाकी रञ्जना सेनले ३ हजार ४ सय ११ मत प्राप्त गर्नुभएको छ।