कैलालीको भजनीको कृष्णपुर क्षेत्रका खेतमा झुलेको चैते धान

कैलालीको भजनीको कृष्णपुर क्षेत्रका खेतमा झुलेको चैते धान
फाईल तस्विर : झुलेको चैते धान !!

कैलाली,जेठ,७-कैलालीको भजनी नगरपालिका–३, कृष्णपुर क्षेत्रमा किसानको खेतमा झुलेको चैते धान । यस क्षेत्रका अधिकांश किसानले चैते धान रोप्ने गरेका छन् ।

चैतमा रोपेको धान जेठको अन्तिमसम्म भित्र्याउँछन् । बर्खे धानभन्दा दोब्बर फल्ने भएपनि पर्याप्त सिंचाईको कमीले किसानहरू चैते धान खेतीतर्फ आकर्षित हुन भने सकेको पाइदैंन ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, योजना तथा विकास समन्वय समितिबाट प्रकाशित नेपाली कृषि तथ्यांक २०७५/ २०७६ अनुसार नेपालमा चैते धानको उत्पादन ५ लाख ४० हजार १०५ मेट्रिक टन र उत्पादकत्व ४ दशमलव ५ प्रतिशत रहेको छ। तस्वीर : रासस